मसिना पात हुने, अमिलो र गोलाकार फल फल्ने बोटलाई अमलाको बोट भनिन्छ, भने त्यसैको फललाई अमला भनिन्छ । संस्कृतमा यसलाई आमलक भन्दछन् । यसको अंग्रेजी नाम इम्ब्लिक माइरोबलान(भ्mदष्अि mथचयदबबिल) र बैज्ञानिक नाम इम्ब्लिका अफिसिन्यालिस(भ्mदष्अिब इााष्अष्लबष्कि) हो ।यो बनस्पति युफोविएसी(भ्गउजयदष्बअभब) परिवार समूहमा पर्दछ ।
नेपालको तराईदेखि पहाडसम्म यसको वृक्ष पाइन्छ । यो मझौला खालको हिउँदमा पात झर्ने रुख हो । तराईदेखि पहाडी भेगको १५०० सम्मको उचाईमा पाईन्छ । अमलाको पातको साइज ०.९देखी १२.२ से.मी. सम्म लामो हुन्छ ।
अमला लालुपाते फूलको वनस्पतिक परिवारमा पर्ने मध्यम खालको पतझड प्रजातिको रुख हो । यसको रुख सामान्यतया ८ देखि १० मि.सम्म अग्लो हुन्छ । पातहरु ठाँडको दुबैतिर लहरै मिलेर रहेका हुन्छन् । कार्तिक मंसिरदेखि पात झर्न सुरु हुन्छ । फागुनदेखी पूनः पात पलाउन सुरु गर्छ । यसका हाँगाहरु चारैतिर फैलिएका हुन्छन् । काण्डको बोक्रा सजिलैसँग उप्कने खालको हुन्छ । फूलहरु साना, बास्नादार र केही पहेंला र हरिया रंगका हुन्छन् । एक्लै वा पातको हाँगामा झुप्पा–झुप्पा भएर फुल्दछन् । पाकेको फल हलुका पहेंलो, चम्किलो र गुदिदार हुन्छ । एउटा फलमा ५–६ वटासम्म बिउ हुन्छन् । अमला जेठ–असारसम्म पाकेर टिप्न लायक हुन्छ । यसको बोटमा काँडा हुदैंन ।
प्रयोग ः– अमला बहुगुणकारी फल हो । आयुर्वेदिक प्रणालीमा यो फलको महत्वपूर्ण स्थान छ । खानामा रुची बढाउने, अपच ठीक गर्ने, पिसाब र दिशा खुलाउने, रगत बढाउने, तागत दिने आदी औषधिका लागि प्रयोग हुन्छ । यसको फल त्रिफलाचुर्ण नामक आयुर्वेदिक औषधिको एक महत्वपुर्ण अंश हो । त्रिफलाचुणमा हर्रो, बर्रो र अमला प्रयोग गरिन्छ । भिटामिन सीका कमीले देखिने रोग नियन्त्रणका लागि अमलाको फल प्रभावकारी हुन्छ । उल्टी रज्वरोको लागि पनि अमला प्रयोग गरिन्छ । पखाला, आउँ र रगत बग्ने रोगको उपचारमा पनि अमला फाइदाजनक छ । यसका स–साना ठाँडहरु दन्तमञ्जनमा प्रयोग गरिन्छ । अमलाको बोटको बोक्राबाट कपडा रंगाउने काम हुन्छ । अमलाको जरा, पात, फूल र फल सबै भाग उपयोगी छन्, तर पनि व्यावसायिक प्रयोजनका लागि विषेश गरी फल प्रयोग गरिन्छ । आयुर्वेदका अनुसार काँचो अमला पिसाब सम्बन्धी रोगको उपचारमा प्रयोग गरिन्छ । सुकेको अमलाको फल झाडा पखाला, वान्ता, कव्जियत, दम, दादुरा, रक्तअल्पता, अपच, पोलेको , डढेको आदिमा प्रयोग गरिन्छ ।
अक्षय नवमीका दिनमा हरियो अमला सेवन गरे दीर्घायु, स्मृति, यौनशक्ति बढ्छ भन्ने विश्वाश गरिन्छ । रुघा खोकी लागेमा, नाथ्रो फुटेमा, दिशा खलास गराउन, भोक जगाउन, आँखा दुखेमा र पाइल्समा पनि अमला प्रयोग गर्न सकिन्छ । अमलाको फल नियमित प्रयोग गरे मानिसको स्मरण शक्ति विकास हुन्छ । यसको सेवनले मानिस सुकर्ममा अभिप्रेरित हुने धार्मिक विश्वास छ । यसको धुलो टाउकाको चाया हटाउन प्रयोग गरिन्छ । अमलामा हलेदो र मह मिलाएर खाएमा कमलपित्त रोग निको हुन्छ । यसको जरा दम र श्वास प्रश्वासको रोगमा प्रयोग गरिन्छ । अमलाको फल कपाल कालो गराउने काममा प्रयोग गरिन्छ । गाउँघरमा कव्जियत भएको बेलामा पातको रस खाने चलन छ । यसको पातलाई पानीमा पकाएर कुल्ला गरेमा मुख, गिजा र दाँतका रोगहरु निको हुन्छन् । च्यावनप्रास औषधि बनाउँदा अमलाको प्रयोग हुन्छ । भाइरसबाट लाग्ने रोगहरु जस्तै ः क्यान्सर, एच.आई. भी. एड्स आदीमा पनि यसले काम गर्छ ।
अमलाको फलबाट क्यान्डी, जाम, जेली, अचार आदी बनाइन्छ । अमलाको पाकेको फल काँचै खाइन्छ । अचार बनाएर लामो समयसम्म राख्न सकिन्छ । धेरै अचार बनाएर बजारमा लगेर बेचेर आप्mनो आम्दानी बढाउन सकिन्छ । अचार उद्योग खोलेर धेरै मानिसलाई काम दिन सकिन्छ ।
उत्पत्ति ः–अमलाको उत्पत्ति एसियाको दक्षिणपूर्वी भागमा भएको हो ।
विस्तार ः– अमला नेपाल लगायत भारत, भुटान, म्यान्मार(वर्मा), श्री लंका , मलेसिया आदी देशहरुमा पाइन्छ । नेपालमा पूर्वदेखि पश्चिमसम्म १०० देखी १६०० मिटरसम्मको उचाइका स्थानहरुमा पाइन्छ । विषेशगरी गोरखा, लमजुङ्ग, पाल्पा, स्याङ्गजा, अर्घाखाँची, गुल्मी, दाङ्ग, सल्यान लगायतका जिल्लाहरुमा पाईन्छ ।
हावापानी ः– अमला खेती समुन्द्र सतहदेखी१२५० मिटरसम्मको उचाइमा गर्न सकिन्छ । यसले सुख्खा सहन सक्छ । तुसारो त्यति हसन सक्दैन । १६ देखी ३२ डिग्री सेल्सियस तापक्रमसम्म राम्रो हुन्छ ।
माटो ः– सबै प्रकारको माटोमा अमला फष्टाएको देखिन्छ । तर मलिलो दोमट माटो उपयुक्त हुन्छ । पानीको निकास राम्रो हुनु पर्दछ । केही अम्लिय वा क्षारीय माटो सहन सक्छ ।
विरुवाः– अमलाको विरुवा दुई तरिकाबाट तयार गरिन्छ । बिउबाट र कलमीबाट ।
विउबाट ः– बिउबाट विरुवा तयार गरेर अमलाको खेती गर्ने चलन धेरै छ । राम्रोसँग पाकेको ठूलो आकारको दाना छनौट गर्ने । मंसिरदेखी माघसम्म बिउ संकलन गर्नु पर्दछ । फलबाट निकालेको बिउलाई पातलो कपडाले ढाकेर सुकाउनु पर्छ । कडा आवरण फुटे पछि बिउ बाहिर निस्कन्छ । एक वर्षसम्म उम्रने क्षमता हुन्छ । नर्सरी ब्याड बनाएर बिउ रोप्ने । पानी दिईरहने । असार–साउनमा रोप्न तयार हुन्छ । बेर्ना चार पाते भए पछि मल माटो मिलाएर प्लाष्टिकको थैलामा सर्नु पर्छ ।
कलमीबाट ः– सामान्यतया एकदुइ वर्ष पुरानो हाँगामा गुटी बाँधेर कलमी तयार गरिन्छ । कटिङ्गकाट पनि बिरुवा तयार गरिन्छ । १०–१५ सेन्टिमिटर लामो दुबैतिर छड्के हुने गरी काटेर टुक्रा बनाउने । २४ घण्टासम्म गोबर पानीको घोलमा डुवाउने । तयारी गरेको नर्सरी व्याडमा १०–१० मिटरको फरकमा ५ से.मी. माटो भित्र छड्के पारी घुसार्नु पर्दछ । फागुन–चैत्रमा नर्सरी ब्याडमा राखेको कटिङ्गबाट दुई तिन महिना पछि जरा पलाउन सुरु गर्छ । जराको साथै माथि पात पनि पलाउन सुरु गर्छ । ब्याडमा चिस्यान कायम राख्नु पर्छ । ४–५ से.मी. लामो बिरुवा भए पछि पलाए पछि सम्बन्धित ठाउँमा सार्न सकिन्छ ।
बिउबाट तयार गरेको बिरुवाले भन्दा कटिङ्गबाट तयार गरेको बिरुवाले छिटो फल दिन्छ । बिरुवा परिपक्क नहुँदासम्म मलजल, स्याहार सुसार, गोडमेल गरिरहनु पर्दछ ।
जग्गा तयारी ः– व्यावसायिक रुपमा अमला खेती गर्नेठाउँको ठेगान लाग्ना साथ बारबन्देज र सरसफाई गर्ने । माटोको नमुना लिएर परिक्षणका लागि पठाउने । नापेर चिनो लगाउने । खाडल खन्ने । ४–५ मिटरको फरकमा २५–२५ से.मी. गहिरो खाडल खन्ने । माटो चारैतिर फिजाउने । १५ दिनमा मलको मिश्रण माटोमा मिलाएर खाडल पुर्ने । १५ दिन पछि बिरुवा सार्ने । खाल्डो पुर्दा चिनो लगाएको ठाउँबाट अलिकति माटो हटाएर बिरुवा सार्ने । चारैतिरबाट माटोले पुरेर हातले च्यापी माटो टम्म बनाउने । आवश्यक भए नजिकै एउटा दह्रो लठ्ठी गाडेर डोरीले बाँध्ने ।
सिंचाईंं ः– बिरुवा सार्ना साथ पानी दिनु पर्छ । नसरेसम्म दिन दिनै पानी दिने । सरि सके पछि माटोको चिस्यानको अवस्था हेरेर १५–२० दिनको फरकमा पानी दिनु पर्छ । हुर्केको अमलाको बिरुवालाई पानी दिने चलन छैन ।
मलखाद ः–वर्षको एक पटक हिउँदको समयमा फेदको वरिपरि खनेर झारपात हटाएर गोलो कुलो जस्तो बनाएर मलखाद दिनु पर्छ । मलखादलाई माटोले पुरी पानी दिनु पर्छ ।
काँटछाँट ः– हिउँदको समयमा मलखाद दिनु भन्दा पहिले फाटेका, सुकेका, रोग लागेका र खप्टिएका हाँगाहरु काटेर हटाउने ।चारैतिर एकनासका हाँगाहरु राख्नु पर्छ ।
जात ः– अमलाका केही जातहरु सिफारिस भएका छन् ।ती यस प्रकार छन् ः
(१)बनारसीः– यो सबै भन्दा उत्तम जात हो । यसको फल ठूलो, चम्किलो र पहेंलो रंगको हुन्छ । बोट सिधै माथीतिर बढ्छ । फल थोरै लाग्छ ।
(२)चकैया ः– फल सानो, मझौला, लाम्चिलो,हरियो र कडा खालको हुन्छ । यसको बोट ठूलो तथा फैलिएको हुन्छ । गुदी रसयूक्त हुन्छ ।
(३)सेतो धर्के जात ः– यसको फल मध्यम आकारको हुन्छ । फल माथी सेतो धर्का देखिन्छन्
(४)कन्चन ः–यसको फल सानो,मझौला र पहेलो रंगको हुन्छ । प्रसस्त फल लाग्छ ।
(५)कृष्ण ः– फल मझौला र ठूलो, चिल्लो, पहेलो र गुदीहल्का पहेंलो र रेसा रहित हुन्छ । भण्डारण क्षमता कम हुन्छ । बोट ठूलो र सिधा माथितिर जाने खालको हुन्छ ।
वाली संरक्षण
अमला खेती गर्ने किसानले नियमित रुपमा आप्mनो वालीको निरिक्षण गर्नु पर्छ । रोग वा कीराको आक्रमण देखिएमा नियन्त्रणको उपाय तर्फ लागिहाल्नु पर्छ ।
थोरै भए हातैले टिपेर फल्ने, गाड्ने वा जलाउने गर्नु पर्छ । धेरै भए अग्र्यानिक प्रविधि अपनाएर नियन्त्रण गर्नु पर्छ । विषदी प्रयोग गर्नु हुदैन ।
अमलामा लाग्ने मुख्य मुख्य रोगहरु ः
(१) खिया ः फल र पातमा गाढा खैरो दाग देखिन्छ । यो ढुसीबाट लाग्ने रोग हो ।
नियन्त्रण ः डायथिन जेड७८ विषदी २ ग्राम प्रति लिटर पानीमा घोलेर २–३ पटक छर्ने । फल टिप्ने बेलामा छर्नु हुदैन ।
(२)पेपर ब्राक ः यो रोगले अमलाको बोटको फेदमा आक्रमण गर्छ ।
नियन्त्रण ः बोर्डोपेष्ट प्रयोग गर्ने ।
(३) फल सड्ने ः यो रोग बोरोनको कमी भएमा लाग्छ । यसको कमीले फल भित्र सडेको जस्तो देखिन्छ ।
नियन्त्रण ः सुहाग(०.६ प्रतिशत) असोजमा १५ दिनको फरकमा तीन पटक छर्ने ।
(४)नीलो ढुसी ः भण्डारण गरेको फलमा धेरै लाग्छ । यो रोग लाग्दा पानीको थोपा जस्तो सुकेको दाग देखिन्छ । बिस्तारै निलो दागमा परिणत हुन्छ ।
नियन्त्रण ः बोरोन पानीले उपचार गर्ने ।
अमलाको बोटमा देखिने केही मुख्य मुख्य कीराहरु ः
(१) झुसिल्कीरा ः यसले बोक्रा भित्र विकसित भई नोक्सान पु¥याउँछ ।
नियन्त्रण ः थायोडान विषदी छर्ने । टिप्ने बेलामा छर्नु हुदैन ।
(२)लाभ्रे ः यो कीराले डाँठमा प्वाल पारेर भित्र बसेर खान्छ ।
नियन्त्रण ः कपास मट्टितेलमा चोपेर प्वाल भित्र राखिदिने ।
फल तयार ः बिउबाट खेती गरिएको भन्दा कलमीबाट खेती गरिएकोमा छिटो फल लाग्छ । कटिङ्गबाट खेती गरिएकोमा २–३ वर्षमा नै फल लाग्छ । बिउबाट खेती गरिएकोमा फल लाग्न ४–५ वर्ष लाग्छ । परिपक्व फलहरु टिपी अथवा मसिना हाँगाहरु कटेर भुईमा बसेर फल टिपिन्छ । काचै खान अथवा अचार बनाउन बिक्री गरिन्छ । सुकाएर राम्रो गुणस्तरको अमला उत्पादनको लागि संकलित फलहरु पानीमा उमालेर भित्रको कडा बिउ हटाउनु पर्छ । त्यस पछि ड्रायरमा अथवा छहारीमा सुकाउनु पर्छ । यसरी सुकाउँदा सुकाउने ठाउँ सफा सुग्घर हुनु अति आवश्यक छ । अमला भण्डारण गर्नु अघि यो राम्रोसँग सुकेको हुनु पर्दछ । अन्यथा भण्डारणमा ढुसीले आक्रमण गर्न सक्दछ । अमलाको गुणस्तर खत्तम हुन सक्दछ ।
उत्पादन ः प्रति बोट २५० देखी ३०० किलोसम्म उत्पादन हुन्छ ।
भण्डारण ः साधारण तापक्रममा ३–४ दिनसम्म राख्न सकिन्छ । शीत भण्डारणमा एक महिनासम्म राख्न सकिन्छ ।
बजार व्यावस्थापनः अमला खेतीको साथमा अमलाको क्यान्डी बनाउने कारखाना स्थापना गर्न सक्यो भने बढी फाइदा हुन्छ ।
बजारमा पनि बाह्रै महिना अमला विक्री हुन्छ । बजार भाउ बुझेर लैजानु राम्रो हुन्छ ।
प्रतिक्रिया