×
images

उद्यमीको साथी सम्बन्धी पाँच दिने तालिम सम्पन

लुथरन वर्ल्ड फेडरेशन (LWF), अस्ट्रेलियन लुथरन वर्ल्ड सर्भिस, अस्ट्रेलियन एडको आर्थिक सहयोगमा आसमान नेपालले मंसिर ४ देखि ८ गते सम्म (नोभेम्बर २० देखि २४ सम्म २०२५) मधेश प्रदेशको जनकपुरधाममा सामुदायिक व्यवसाय सहजकर्ताहरू (CBF) / उद्यमको साथी सम्बन्धी पाँच दिने "सामुदायिक सशक्तिकरण र विकासका लागि स्थानीय पहल (LICED)" विषयक तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा आसमान नेपाल, LCWS, PAC नेपाल, र दामी आर्ट्सका गरि २८ जना प्रशिक्षार्थीहरुको  सहभागीता रहेको थियो जसमा कृषक, उद्यमी र परियोजना कर्मचारीहरूको पनि सहभागिता रहेको थियो । तालिमको उद्घाट आसमान नेपाल कार्यक्रम म्यानेजर श्री विजय कुमार यादवले गर्नु भएको थियो। उद्घाटन मन्तव्य दिनुहुदै तालिमको उद्देश्य उद्यमशीलता विकास, वित्तीय व्यवस्थापन, डिजिटल साक्षरता र बजारको पहुँच विकासका बारेमा सहभागीहरूको बुझाइलाई बलियो पार्नु थियो। र यसवाट उद्यमीहरुले भविष्यमा पाउन फाइदा बारेमा चर्चा गर्नु भयो ।

 

आर एण्ड डी इनोभेटिभ सोलुसन प्रा. लि. का प्रमुख सहजकर्ता श्री सुनिता न्हेम्हाफुकीले तालिमका प्रशिक्षार्थीहरुलाई बजेटि, मूल्य शृङ्खला र भूमिका मानचित्रण, वित्तीय साक्षरता, बजारीकरण रणनीतिहरू, र व्यवसायिक योजना विकासलाई समेट्ने अन्तरक्रियात्मक र व्यावहारिक सत्रहरू प्रस्तुत गर्नुभएको थियो । सहभागीहरूले आत्म-मूल्याङ्कन अभ्यासमा संलग्न भई, वित्तीय अनुशासनको लागि लिकिङ पोट मोडेल सिकी, सामुहिक बजारिकरण विचारहरू अन्वेषण गरेर डिजिटल रेकर्ड-किपिङ अभ्यास गर्न एग्रीनेपाल एप प्रयोग वारेमा छलफल गरेका थिए । उनीहरूले तालिमको अवधिमा  किराना पसल सचालन, माछा पालन, तरकारी खेती, मिथिला चित्रकला, र खाद्य प्रशोधन जस्ता व्यावसायिक योजनाहरू तयार पारी प्रस्तुकरण समेत गरेका गरेका थिए र प्रशिक्षकवा प्रतिक्रियाहरु पनि प्राप्त गरेका थिए। साथै स्थानिय कृषि दुतहरु श्री कासी महत्तो र रविन झाले आफ्नो अनुभव वाट सहभागीहरूलाई उद्यमशीलताको  मानसिकतालाई बलियो बनाउन थप प्रेरित गरेका थिए

कार्यक्रमको समापन शत्रमा सहभागीहरूतफवाट रुही चौधरीले तालिमबाट आफुले वित्तीय तथा व्यावसायिक साक्षरतामा बृध्दि तथा डिजिटल सीप र क्षमता संगै साना उद्यमशिलता विकास र सोको व्यवस्थापनमा आत्मविश्वास बढेको जानकारी गराईन आसमान नेपालका कार्यक्रम निर्देशक दिनेश्वर शाहले सम्वोधन गर्नुहुदै मधेश प्रदेशभरि दिगो आर्थिक विकासलाई बढावा दिन यी सिकाइहरूलाई आफ्नो समुदाय भित्र लागू गर्न बिशेष अनुरोध गर्नुहदै प्रशिक्षार्थीहरुलाई सभागिताको प्रमाणपत्र वितरण गरि समापन गर्नुभयो ।  

आइतबार​ १५ मंसिर २०८२ ०४:५७ PM मा प्रकाशित

प्रतिक्रिया